
काठमाडौं । भारतको राजधानी दिल्लीमा आतंकवादी आक्रमणको सुचना पाएपछि सुरक्षा सतर्कता बढाइएको छ । आतंकवादी समुहहरुले दिल्ली, अयोध्या र बोधगयामा मंगलबार आक्रमण गर्ने तयारी गरेको सूचना पाएसंगै सुरक्षा सतर्कता बढाइएको हो ।
रोहिंग्या घुसपैठको एक समूहले दिल्लीमा आक्रमण गर्न सक्ने आशंका गरिएको छ । देशका धेरैवटा उग्रवादी संगठनले आतंकवादीसँग समन्वय गरेको संकेत पाएपछि सुरक्षा एजेन्सी सतर्क बनेको र दिल्लीलाई अलर्टमा राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आतंकवादीहरुले जारी किसान आन्दोलनको आडमा दिल्लीसहित देशका कुनै पनि स्थानमा हिंसा मच्चाउन सक्ने आशंका गरिएको छ । यसैवीच आतंकवादी आक्रमणको सूचनाका आधारमा दिल्लीबाट आठ रोहिंग्यालाई प्रहरीले नियन्त्रणमा लिएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्