२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


दाहालले शिलान्यास गरेको नेपालको दोस्रो लामो पुल ओलीले उद्घाटन गरे


0
Shares

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कै दोस्रो लामो पुलको उद्घाटन गर्नु भएको छ । सोमवार दाङको राप्ती नदीमा रहेको उक्त पुलको उद्घाटन गर्नु भएको हो ।

राप्ती गाउँपालिका र गढवा गाउँपालिका जोड्ने राप्ती नदीको २०७३ मंसिर २२ गते पुष्पकमल दाहालले शिलान्यास गर्नु भएके थियो । उहाँ त्यतिबेला प्रधानमन्त्री हुनुहुन्थ्यो ।

राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको लम्बाई ८६० मिटर छ । चौडाइ साढे १० मिटर छ । उक्त पुल करिब एक अर्बको लागतमा निर्माण गरिएको हो । पुल ४ वर्ष भित्र निर्माण गरि सक्ने सम्झौंता भएको थियो ।

तर, निर्माण कम्पनीले तोकिएको समयभन्दा ४ महिना अगाडि नै पुल निर्माणको काम पुरा गरेको थियो । उक्त पुल ६ महिनाअघि निर्माण सम्पन्न भएको थियो । राप्ती नदीमा पुल नहुदाँ यहाँका नागरिकहरुले बर्षायाममा निकै सास्ती भोग्दै आएका थिए ।

ज्यानलाई जोखिममा राखेर डुंगाबाट नदि वारपार गर्ने गर्दथे । त्यस्तै कालाकाटे–भालुवाङ हुँदै करिब डेढ घण्टा सवारी यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो यो पुल निर्माण भएसंगै पूर्व पश्चिम राजमार्गबाट गढवा जान १५ मिनेटपनि समय लाग्दैन ।

लामो पुल निर्माण भएपछि स्थानीयको दुःख र सास्ती घटेको छ । राप्ती गाउँपालिकाबाट सिधैँ गढवा गाउँपालिका जान सकिन्छ । बर्दियाको कोठियाघाट स्थित कर्णाली नदीमा रहेको पुल नेपालको सबै भन्दा लामो पुल हो । जसको लम्बाई १ हजार १५ मिटर छ ।