१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


केटु हिमाल आरोहण गर्ने किर्तीमानी आरोहीहरु स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत


0
Shares

काठमाडौं । हिउँद याममा विश्वको दोस्रो अग्लो हिमाल केटुको सफल आरोहण गरी किर्तीमान बनाएका नेपाली पर्वतारोहण टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

१० जना नेपाली पर्वतारोही टिमले विश्वको दोस्रो अग्लो हिमाल केटु आरोहण गरेर विश्व रेकर्ड बनाएका थिए । उनीहरुले यही माघ ३ गते हिमालको सफल आरोहण गरेका थिए ।

उनीहरुले ८ हजार ६ सय ११ मिटर अग्लो हिमाल आरोहण गरेका हुन् । केटु हिमाल अहिलेसम्म हिउँदयाममा कसैलेपनि आरोहण गर्न सकेका थिएनन् ।

पाकिस्तान र चीनको सीमामा रहेको यो हिमाल काराकोरम पर्वत श्रृंखलामा पर्दछ । यो हिमाल सर्वोच्च शिखर सगरमाथाभन्दा २३७ दशमलव ८ मिटर कम उचाइ रहेको छ ।