
काठमाडौ । दाङमा चालू आर्थिक बर्ष ०७७/०७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २ हजार ७ सय ५४ जनालाई रोजगार प्रदान गरिने भएको छ ।
जिल्लामा रहेका १० वटै स्थानीय तहमा गरेर रोजगार प्रदान गरिने भएको हो । सरकारले रोजगार प्राप्त गर्न नसकेकालाई रोजगार प्रदान गर्न उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको थियो ।
जिल्लामा २ उप-महानगरपालिका, १ नगरपालिका र ७ वटा गाउँपालिका रहेका छन् । यसका लागि १४ करोड २६ लाख ७ हजार बजेट खर्च हुने भएको छ ।
रोजगार कार्यक्रमको बजेट प्रधानमन्त्री रोजगार कार्यविधिअनुसार खर्च गर्नु पर्नेछ कार्यविधि अनुसार आएको बजेटमध्ये ७० प्रतिशत ज्यालामा, १ प्रतिशत प्राविधिक खर्च, २५ प्रतिशत निर्माण सामग्री, २ प्रतिशत औजार खर्च र २ प्रतिशत सुरक्षा सामग्रीमा खर्च गर्नु पर्नेछ ।
रोजगार कार्यक्रमअन्तर्गत नगर क्षेत्रमा सरसफाइ, बाटो निर्माण, ग्राभेल, पोखरी निर्माणलगायतका क्षेत्रमा पनि काम लगाउन पाइने छ । यता, सरकारले दिने रोजगार लामो समयसम्म नहुनु त्यसै गरेर आफूहरूले खोजे अनुसारको काम नपाउने भएपछि कतिपय नागरीकहरुले कार्यक्रममा चासो देखाएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्