
काठमाडौं । कारोबार हुने साताको तेस्रो दिन सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार सुन तोलामा ४ सय रुपैयाँले बढ्दा चाँदी भने ५ रुपैयाँले घटेको छ ।
मंगलबार छापावाल सुन तोलाको ९२ हजार ८ सय रुपैयाँमा कारोबार हुँदा तेजाबी सुनको मूल्य ९२ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेकाे छ । यस्तै चाँदी तोलाको १ हजार २ सय ५५ रुपैयाँ प्रतितोला कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ९२ हजार ४ सय रुपैयाँ, तेजाबी सुन ९१ हजार ९ सय रुपैयाँ र चाँदी १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
पछिल्ला केही हप्तादेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आइरहेको छ । मंगलबार सुन प्रतिऔंस १ हजार ८ सय ६२ डलरमा कारोबार भइरहेको छ । यो सोमबारभन्दा १.७५ प्रतिशतले कम हो ।
प्रतिक्रिया दिनुहोस्