१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१४ करोड खुद नाफासँगै अपि पावरको सेयर भ्यालू बढ्यो


0
Shares

काठमाडौं । विद्युत विक्रीबाट हुने नाफा बढेसँगै अपि पावर कम्पनी लिमिटेडको खुद नाफामा वृद्धि भएको छ ।

गतवर्ष यहि समयमा ४ करोड १४ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले पछिल्लो तीन महिनामा १४ करोड ३२ लाख १२ हजार रुपैयाँ कमाएको छ । कम्पनीले विद्युत विक्रीबाट गतवर्षको यहि तीन महिनामा १३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेकोमा अहिले २४ करोड १९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो त्रैमासिक विवरण सार्वजनिक गरेको हो । सार्वजनिक विवरणअनुसार बोनस तथा हकप्रदलाई समायोजन गरी कम्पनीको चुक्ता पुँजी १ सय १९ करोडबाट बढेर १ सय ९२ करोड पुगेको छ । गतवर्ष यहि समयको तुलनामा यो १ सय ५७ प्रतिशतले बढी हो ।

कम्पनीको प्रति सेयरको कमाइ पनि बढेको छ । गतवर्ष ६ रुपैयाँ ९६ पैसा रहेको प्रतिसेयर कमाई अहिले १४ रुपैयाँ ८४ पैसा पुगेको छ । प्रतिसेयरको कमाइ बढेसँगै सेयरको मार्केट भ्यालूमा पनि बढेको छ । गतवर्ष १ सय २४ रुपैयाँ रहेको मार्केट भ्यालु अहिले २ सय ६५ रुपैयाँ पुगेको छ ।