१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शालिकमा माल्यार्पण गरी सहिद माथेमाप्रति श्रद्धाञ्जली


0
Shares

काठमाडौं । राणा शासन विरुद्धको संघर्षमा आफ्नो प्राणको आहुती दिने सहिद धर्मभक्त माथेमाको शालिकमा फूलमाला अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको छ । शहिद सप्ताहको अवसरमा मंगलबार काठमाडौंको सिफलमा रहेको माथेमाको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य लगायतले सहिद माथेमाको शालिकमा माल्यार्पण गरी श्रद्दाञ्जली व्यक्त गर्नुभएको हो । जहाँनिया राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापनाको निम्ति संघर्षरत माथेमा वि.सं. १९६६ आश्विन ९ गते काठमाडौँको ओमबहालमा जन्मिनुभएको थियो ।

जनतालाई प्रजातन्त्र दिलाउने उद्धेश्यसाथ वि.सं. १९९३ साल जेठमा नेपाल प्रजा परिषद् स्थापना गरी प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील उहाँलाई तत्कालिन श्री ३ जुद्ध शमशेरको हुकुमी शासनबाट बि.सं. १९९७ साल माघ १३ गते सिफलमा झुण्ड्याएर फाँसी दिइएको थियो । सहिद माथेमाको सम्झना र सम्मानमा हरेक वर्ष माघ १३ गते उहाँको शालिकमा माल्यापर्ण गरी श्रद्धाञ्जली अर्पण गर्ने गरिन्छ ।