१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाली टाेलीले ‘केटू’ हिमाल सफल आराेहण गर्दा राष्ट्रपति गौरवान्वित


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पर्वतारोहीको समूहले विश्वकै दोस्रो अग्लो केटू हिमाल सफल आरोहण गर्दा गौरवान्वित भएको बताउनुभएको छ ।

मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले सफल आरोहणका लागि पर्वतारोही निर्मल पुर्जासहितको टोलीलाई बधाई दिनुभएको छ ।

निर्मलसहितको टोली मंगलबार बिहान काठमाडौं आइपुगेका छन् । उनीहरूले अहिलेसम्म कसैले पनि आरोहण गर्न नसकेको पाकिस्तानमा रहेको केटू हिमाल आरोहण गरेका थिए ।

माघ ३ गते शनिबार स्थानीय समयअनुसार साँझ ५ बजे उनीहरूले हिमालकाे सफल आराेहण गरेका हुन् । आरोहणका क्रममा निर्मल पुर्जाको टोलीले नेपाली राष्ट्रिय गान पनि गाएका थिए ।

केटू हिमाल सगरमाथा भन्दा २ सय मिटर कम उचाइको हो । पाकिस्तान र चीनको सीमामा रहेको काराकोरम पर्वत श्रृंखलामा पर्ने केटू हिमाल ८ हजार मिटरभन्दा बढीको १४ हिमालमध्ये एक हो ।

निर्मलको टोलीले पहिलोपटक केटू हिमाल आरोहण गरेर विश्वरेकर्ड समेत कायम गरेका छन् ।

यो पनि पढ्नुहोस्– विश्वको दोश्रो अग्लो हिमालमा पहिलो पाइला नेपालीले टेके, रचियो विश्व इतिहास