
रोमन आचार्य
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गरिरहेको नेपाली कांग्रेसले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
मंगलबार बसेको पार्टीको केन्द्रिय कार्यसमिति बैठकले माघ १९, २४ र ३० गते आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । केन्द्रिय कार्यसमितिले माघ १९ गते भ्रातृ संस्थाहरूको विरोध प्रदर्शन, २४ गते शुभेच्छुक संस्थाहरूबाट ३० गते ७७ वटै जिल्लामा विरोधका कार्यक्रम गर्ने भएको छ ।
यसअघि पार्टीको पदाधिकारी बैठकले माघ १९, २४ र २७ गते विरोधका कार्यक्रम गर्ने निर्णय गर्दै त्यसलाई केन्द्रीय कार्यसमिति बैठकमा पेश गरिएको थियो । बैठकले माघ २७ गतेको विरोध कार्यलक्रमलाई तीन दिन पछि सार्दै ३० गते पु¥याएको हो ।
सभापति देउवा पक्षधरले विरोधका थप कार्यक्रम गर्न इच्छुक नदेखिए पनि पौडेल समूहको जोडबलका कारण काँग्रेसले संघर्षका कार्यक्रम घोषणा गरेको हो । निर्धारित समयभन्दा तीन घण्टा ढिलो गरि सुरु बैठकमा दुबै समूहले आ–आफ्नो रणनीति बनाउन छुट्टाछुट्टै छलफल गरेका थिए ।
त्यसपश्चात् सभापति देउवा, वरिष्ठ नेता पौडेल लगायत अन्य पदाधिकारीहरुबीच छलफलल भएपछि थप विरोधका कार्यक्रम गर्ने निष्कर्शमा कांग्रेस पुगेको थियो । मंगलबारको बैठकमा पार्टी समायोजनका बाँकी काम सम्पन्न गर्ने जिम्वेवारी पुनः निर्वाचन समितिलाइ दिएको छ । बैठकले नेविसंघ, महिला संघ, किसान संघ, दलित संघसहित म्याद सकिएका अन्य भ्रातृ संस्थाहरूको म्याद ६ महिना थप गर्ने निर्णय गरेको छ ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिक, आन्दोलनरत दल, सञ्चारमाध्यममाथि गरेको टिप्पणी र अभिव्यक्तिहरुप्रति आपत्ति जनाएको छ । यस्तै सोमबार बालुबाटार आगाडि नागरिक समाजका अगुवाहले गरेको प्रदर्शनमा प्रहरी दमनको विरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्