१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री कप क्रिकेटको विजेता टीमले १० लाख रुपैयाँ पाउने, अरुले के पाउँछन् ?


0
Shares

काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता टीमले १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान)को बैठकले प्रतियोगितामा पाउने पुरस्कारको टुङ्गो लगाएको हो ।

बैठकले उपविजेतालाई ५ लाख रुपैयाँ र सेमिफाइनलिस्ट टीमहरूलाई ५०–५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । प्रतियोगिताको प्लेयर अफ द सिरिजले ५० हजार रुपैयाँ प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानले २५–२५ हजार रुपैयाँ पाउनेछन् । सेमिफाइनका खेलहरूदेखि प्लेयर अफ द म्याच खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रधानमन्त्री कप क्रिकेटका खेलहरु अहिले पनि जारी रहेका छन् । प्रतियोगितामा बुधबारदेखि सेमिफाइनल चरणका खेलहरु हुँदैछन् । प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ बाट विभागीय टोलीहरु सशस्त्र प्रहरी बल र त्रिभुवन आर्मी क्बल प्रवेश गरेका छन् । यस्तै समूह ‘बी’ बाट विभागीय टोली नेपाल पुलिस क्लब र बागमती प्रदेश सेमिफाइनलमा पुगेका छन् ।