१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तोलामा ७ सयले घट्यो सुनको मूल्य


0
Shares

काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । मंगलबार तोलाको ९२ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको भाउ बुधबार एकैदिन ७ सय रुपैयाँले घटेर ९२ हजार १ सय रुपैयाँमा झरेको हो ।

तेजाबी सुनको मूल्य पनि आज तोलामा ७ सय रुपैयाँले नै घटेर ९१ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले घटेर १२ सय ५० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ९६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ५३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ७१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।