
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले एमसीसी सहायता नआए सरकारले आफ्नै लगानीमा भए पनि परियोजना कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
एमसीसी बारे राजनीतिक रूपमा पक्ष र विपक्षमा धारणा बनाउँदा परियोजना आफैँ गलत हो की भन्ने भ्रम सिर्जना भएको उपाध्यक्ष कँडेलको तर्क छ । परियोजनाको राजनीनिक पक्ष जे जस्तो भए पनि केही वर्ष भित्र विद्युतको ठूलो राष्ट्रिय प्रशारण लाइन आवश्यक पर्ने भएकोले सरकारले एमसीसी स्वीकृत नभए पनि परियोजनालाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ ।
उपाध्यक्ष कँडेलले राष्ट्रिय योजना आयोगले आफैले एमसीसी परियोजनालाई १५ औं योजनामा समावेश नगरेको पनि स्पष्ट पार्नुभयो । उर्जा मन्त्रालयबाट निर्णय भएर आएको परियोजनालाई आयोगले पहिचान गरी रुपमान्तरणकारी आयोजनामा समावेश गरेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्