१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सेमिफाइनलमा सशस्त्रद्वारा पुलिसलाई २ सय ४ रनको लक्ष्य


0
Shares

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा शसस्त्र प्रहरी बल (एपीएफ)ले नेपाल पुलिस क्लबलाई २ सय ४ रनको लक्ष्य दिएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको एपिएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनाएसँगैं पुलिसले २ सय ४ रनको लक्ष्य पाएको हो ।

एपीएफका लागि शंकर रानाले ४४, भुवन कार्कीले ४२, सन्दीप जोरा ३४ बनाए । सुवास खकुरेल र कमलसिंह ऐरीले समान १९ रन बनाउँदा शरद भेषवाकर १८ तथा अविनास बोहोराले ११ रन जोडे ।

बलिङतर्फ पुलिसका आरिफ शेखले ३, ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले समान २–२ विकेट लिए । अहिले नेपाल पुलिस क्लबले जवाफी ब्याटिङ गरिरहेको छ ।