२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विद्यालय व्यवस्थापन समितिमा कुरा नमिल्दा एकजनाको हत्या, चैनपुर बजार बन्द


0
Shares

बझाङ । मंगलबार बेलुका खुडा प्रहारी गरी एक युवाको हत्या भएपछि निष्पक्ष छानविनको माग गर्दै नेपाल विद्यार्थी संघले सदरमुकाम चैनपुर बजार बन्द गराएका छन् ।

छविसपाथिभेरा गाँउपालिकास्थित बान्नीचौर माध्यमिक विद्यालय व्यवस्थापन समिति गठनको विषयलाई लिएर तनाव भएको दोस्रो दिनमै नेपाली कांग्रेस सम्बद्ध २६ वर्षीय युवक अमृत सिंहको मृत्यु भएपछि नेपाल विद्यार्थी संघले चैनपुर बजार बन्द गराएको हो । विद्यार्थीले निष्पक्ष छानविनको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिको गठनको सम्बन्धमा बिवाद बढ्दै गएपछि निर्वाचनमा जाने सहमति भएको स्थानीय बताउँछन् । निर्वाचन सकिएपछि मतदान नहुँदै उक्त घटना घटेको हो ।

सिंहको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले छविसपाथिभेरा–२ का प्रकाश ऐडी र ज्ञानबहादुर कडायतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका कार्यालय प्रमुख पहरी नायब उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

घटनापछि फरार ऐडीलाई बुधबार बिहान थलारा गाँउपालिकाबाट पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक सिंहको शव पोष्टमाटमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।