
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफू प्रतिनिधिसभा पुनर्स्थापनाकै पक्षमा रहेको बताउनुभएको छ ।
बुधबार नेकपा एकता अभियानको घोषणा गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भङ्ग नगरी राजीनामा दिएको भए उनको इज्जत बढ्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई भागमा विभाजित छ । ओली र प्रचण्ड–नेपाल समूहमा नेकपा विभाजित देखिए पनि गौतम पार्टी एकताकै पक्षमा आफू उभिएको बताइरहनु भएको छ ।
गौतमले आज आफूपक्षिय भेला ललितपुरको धोविघाटमा गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्