२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कृषक पशु बिमातर्फ आर्कषित


0
Shares

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिमा पशु बिमा कार्यक्रमतर्फ किसानहरु आकर्षित भएका छन्। पशु विमा कार्यक्रम आएसँगै किसानहरु पशु पालनतर्फ आकर्षित भएका हुन् ।

पशुपालनमा किसानलाई आकर्षित गर्न उनीहरुले राखेको पशुको स्याहार, सुसार र पालनपोषण गर्ने हेरालुलाई समेत बिमामार्फत प्रोत्साह गरिएको छ ।

बिमा अबधिमा पशुको मृत्यु भएमा ९० प्रतिशतसम्म किसानले भुक्तानी पाउने छन् । यता, सरकारले कृषि पेशालाई सुरक्षित गर्न बिमा कार्यक्रम ल्याएको भएपनि अझै आफूहरुलाई एसको जानकारी नभएको किसान बताउँछन् ।