१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पुस ५ गते १८ वर्ष पुगेका नेपालीले वैशाखमा हुने निर्वाचनमा मतदान गर्न पाउने


0
Shares

काठमाडौं । निर्वाचन आयोगले आजदेखि देशभरका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्दैछ । आगामी वैशाख १७ र २७ गते दुई चरणमा तोकिएको मध्यावधि निर्वाचनका लागि आजबाट मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्वको मुद्वाको सुनुवाई जारी रहेकै बेलामा आयोगले ७ सय ५३ वटै स्थानीय तहहरुमा नामावली अद्यावधिक सुरु गर्ने भएको हो ।

आयोगले प्रतिनिधिसभा विघटन भएको दिन २०७७ पुस ५ गते आइतबारसम्म १८ वर्ष उमेर पुगेका व्यक्तिको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्ने निर्णय गरेको हो ।

निर्वाचन कार्यक्रमअन्र्तगत पहिलो दिन मतदाता नामावली प्रकाशित गर्ने तथा माघ १६ देखि १८ सम्म उजुरी आह्वान गरिनेछ । यसैबीच, आगमी प्रतिनिधिसभा निर्वाचनका लागि अघिल्लो निर्वाचनमा भन्दा ९ लाख बढी मतदात थपिएका छन् ।

अघिल्लो निर्वाचनमा १ करोड ५४ लाख मतदाता रहेकोमा अहिलो १ करोड ६३ लाख पुगेको आयोगले जनाएको छ ।