१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्वाधिक कमाइ गर्ने क्लबको पहिलो नम्बरमा बार्सिलोना, अरु कतिऔं स्थानमा ?


0
Shares

एजेन्सी । स्पेनिस क्लब बार्सिलोना यो वर्ष सर्वाधिक कमाइ गर्ने क्लब बनेको छ ।

डेलोइट फुटबल मनी लिगले गरेको सर्वेक्षणमा बार्सिलोना सर्वाधिक कमाइ गर्ने क्लब बनेको हो । बार्सिलोनाको सन् २०१९÷२० को सिजनको कमाइ ७ सय १५ दशमलव ५ मिलियन पाउण्ड रहेको छ । बार्सिलोना दोस्रो पटक सर्वाधिक कमाउने क्लब बन्न सफल भयो ।

स्पेनिस क्लब रियल मड्रिड सर्वाधिक कमाइ गर्नेको सूचीमा दोस्रो स्थानमा रहेको छ । रियलको कमाइ ७ सय १४ दशमलव ९ मिलियन पाउण्ड रहेको छ । तेस्रो स्थानमा जर्मन क्लब बायर्न म्युनिख रहेको छ । बायर्नको कमाइ ६ सय ३४ दशमलव १ मिलियन पाउण्ड रहेको छ ।

सूचीको चौथो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको कमाइ ५ सय ८० दशमलव ४ मिलियन पाउण्ड रहेको छ । पाँचौं स्थानको लिभरपुलको कमाई ५ सय ५८ दशमलव ६ मिलियन पाउण्ड रहेको छ । यस्तै म्यानचेस्टर सिटी, पीएसजी, चेल्सी, टोटेनहम र युभेन्ट्स छैटौं देखि दशौँ स्थानमा रहेका छन् ।