१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वीपी राजमार्ग नेपाललाई हस्तान्तरण


0
Shares

काठमाडौं । जापानले वीपी राजमार्गको पुनर्निर्माण सकेर नेपाललाई हस्तान्तरण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार आयोजित भर्चुअल कार्यक्रम मार्फत जापानले उक्त राजमार्ग नेपाललाई हस्तान्तरण गरेको हो ।

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त राजमार्गको पुनर्निर्माण गत महिना सम्पन्न भएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार रहेको भन्दै नेपालको पूर्वाधार क्षेत्रमा गरेको सहयोग कोशेढुङ्गा भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि जापान सरकारले सडक पूर्वाधार निर्माणमा सहयोग जारी राख्ने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने १ सय ६० किलोमिटर लामो वीपी राजमार्ग जापानले सन् १९९६ मा निर्माण शुरु गरी सन् २०१५ मार्चमा सम्पन्न गरेर नेपाललाई हस्तान्तरण गरेको थियो । तर हस्तान्तरण गरेको दुई महिना नबित्दै २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको थियो ।