२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पुस ४ गते प्रधानमन्त्रीबाट राजीनामा दिन ओली तयार थिए- उपाध्यक्ष गाैतम


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले गत पुष ४ गते प्रधानमन्त्री केपी ओलीको प्रस्ताव अर्का अध्यक्ष पुष्पकमल दाहालले मानेको भए पार्टी एकता कायम हुने दाबी गर्नुभयो ।

ईमेज च्यानलसँग कुरा गर्दै उहाँले केपी ओली प्रधानमन्त्री पदबाट राजीनामा दिन समेत तयार भएको खुलासा गर्नुभयो । राजीनामाको बदलामा प्रचण्डको राजनीतिक अभियोगपत्र फिर्ता हुनपर्ने ओलीको शर्त थियो ।

पुस ४ गते प्रधानमन्त्री ओलीले खुमलटार पुगेर दाहाललाई भेट्नुभएको थियो । उक्त छलफलमा बीचमा वामदेव गौतम पनि सहभागी हुनुभएको थियो ।

पार्टी फुटको श्रृखलामा लामो समय मौन बस्नुभएका गौतमले केपी ओलीले अध्यक्ष पद दिएको भए आफू केपी गुटमा गइसकेको समेत बताउनुभयो । दाहाल–नेपाल समूहको प्रस्ताव भने आकर्षक नभएको उहाँको तर्क थियो ।

राजनीतिमा जे पनि सम्भव हुने बताउँदै उपाध्यक्ष गौतमले नेकपा पनि फेरि एक हुने विश्वास समेत व्यक्त गर्नुभयो ।