१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सशस्त्रको लगतार चौथो जित, सावित्राको तेस्रो ह्याट्रिक


0
Shares

काठमाडौं । सशस्त्र प्रहरीको एपीएफले राष्ट्रिय महिला लिग फुटबलमा लगातार चौथो जित हासिल गरेको छ ।

बिहीबार सातदोबाटोस्थित एक्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–० ले पराजित गर्दै सशस्त्रले शतप्रतिशत नतिजासहित चौथो जित हासिल गरेको हो ।

खेलमा सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । उनको यो जारी प्रतियोगिताको तेस्रो ह्याट्रिक हो ।

जितसँगै सशस्त्र ४ खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहेको छ । पहिलो हार बेहोरेको पुलिसको ४ खेलमा ५ अंक छ ।