२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बढी दुध पिउनु स्वास्थ्यका लागि हानिकारक, महिलामा हड्डी टुट्ने खतरा ज्यादा


0
Shares

काठमाडौं । दुध तथा दुधबाट बनेका परिकारहरु हाम्रो शरीरका लागि कति फाइदाजनक छ, यसबारेमा हामीलाई बच्चैदेखि थाहा छ । दुधका कारण धेरै मानिसको डाइट पूर्ण हुँदैन् । दुधमा क्याल्सियम, प्रोटिन, भिटामिन डी जस्ता अति आवश्यक पोषक तत्वहरु हुन्छ । यही कारण दुधलाई सम्पूर्ण एंव सन्तुलित आहार मानिन्छ ।

बितेका केही सालमा भएको अध्ययन र अनुसन्धानले दुधले मानिसको शरिरमा पुर्याएको असरबारे बताएको छ । उसो त दुध पिउनु फाइाजनक छ तर धेरै दुध पिउनाले फाइदा भन्दा पनि धेरै घाटा छ । दुध पिउनाका असरहरु बारेमा केही जानकारी तल उल्लेख छ ।

अनुहारमा डण्डीफोर आउनु
अहिलेसम्म जति अध्ययन र नुसन्धान भएको छ त्यसले यही बताउँछ कि दुध तथा दुधजन्य खाद्यपदार्थ अति खानाले अनुहारमा डण्डीफोर आउने खतरा बढ्छ ।

प्राकृतिक रुपमा दुधमा ग्रोथ हाम्रोन हुन्छ र त्यसले डण्डीफोर बढाउने काम गर्छ । यसका अलावा केही अनुसन्धानले यो भन्छ कि दुध वा दुधजन्य खाद्यपदार्थ धेरै खानाले इन्सुलिन बढ्छ र अनुहारमा जोखिम धेरै हुन्छ ।

एलर्जी
विज्ञका अनुसार ५ देखि १० प्रतिशत बच्चाहरुमा दुधको एलर्जी हुन्छ । यसका कारण पेट दुख्ने, डायरिया हुने जस्ता बिमारी हुन सक्छ । कतिपय अवस्थामा वयस्कमासमेत दुधको एलर्जी हुन सक्छ ।

हड्डी टुट्ने
अर्को एउटा अध्ययनले गरेको कुरा मान्ने हो भने दिनमा तीन गिलास बढी दुध खानाले हड्डी टुट्ने सम्भावना बढी हुन्छ । खासगरी महिलामा डी गैलेक्टोज नामको सुगरको कारण यस्तो हुने सम्भावना बढी हुन्छ । वृद्धवृद्धाले समेत बढी दुध तथा दुधजन्य खानेकुरा सेवन गर्दा पनि हड्डी टुट्ने सम्भावना ज्यादा हुन्छ ।

क्यान्सरका खतरा
२००७ मा अमेरिकन इंस्टिट्यूट फर क्यान्सर रिसर्चको एक रिपोर्टका अनुसार दुधमा क्याल्सियम बढी हुन्छ र यसको धेरै पिउनाले प्रोस्टेट क्यान्सरको खतरा बढ्छ ।

यसका अलावा २०१२ मा प्रकाशित एनसीबीआईको रिपोर्ट अनुसार दुधमा लैक्टोज नामका खाश किसिमको सुगर हुन्छ, यसको अधिक सेवन गरे महिलाहरुलाई पाठेघरमा क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

गाईको दुधमा धेरै चिल्लो पदार्थ हुने हुँदा त्यसलाई पचाउन नसक्दा पेट दुख्ने, पेटमा ग्याँस जम्मा हुने, पेट फुल्ने, डायरिया हुने जस्ता समस्या देख्न सकिन्छ ।

हदय रोगका खतरा
अक्टूबर २०१४ मा ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार धेरै दुध पिउँदा महिला तथा पुरुष दुवैमा हृदयघातको खतरा हुन्छ । दैनिक तीन गिलास भन्दा बढी दुध पिउने पुरुषमा हृदयघातका कारण मृत्यु १० प्रतिशतसम्म बढी हुनसक्छ ।

जो व्यक्तिमा हृदयरोगको जोखिम बढी छ र जो आफ्नो तौल कम गर्न चाहन्छ उसले दुधको सेवन नगरेकै राम्रो । दुध धेरै पिउनाले अन्य धेरै समस्याहरु पनि देख्न सकिन्छ । यसको कारण यो होइन कि तपाइ दुध पिउन छाड्नुस । दुधका कारण कुनै समस्या छैन र साइड इफेक्ट छैन भने ठिक्क मात्रामा दुध पिउनु पर्दछ ।एजेन्सी