७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


सुदूरपश्चिममा कोरोना खोप लगाएका चार जनामा स्वास्थ्य समस्या


0
Shares

कैलाली । सुदूरपश्चिममा कोरोनाविरुद्धको कोभिशिल्ड खोप लगाएका चार जनामा स्वास्थ्य समस्या देखिएको छ । कोरोना भाइरस विरुद्धको खोप अभियानको दोस्रो दिन झण्डै साढे १३ सय जनालाई खोप लगाइएमा ४ जना स्वास्थ्यकर्मीमा सामान्य स्वास्थ्य समस्या देखिएको हो ।

सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली अस्पताल र डडेल्धुरामा अस्पतालमा खोप लगाएका ४ जना स्वास्थ्यकर्मीमा सामान्य स्वास्थ्य समस्या देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या देखिएका उनीहरु उपचारपछि घर फर्किसकेको समेत उहाँले बताउनुभयो । सुदूरपश्चिममा कोरोना भाइरसविरुद्ध पहिलो चरणको खोप लगाउने स्वास्थ्यकर्मीको संख्या २ हजार ४ सय १९ पुगेको छ ।