
काठमाडौं । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्थिर रहेको छ। भने चाँदीको मूल्य बढेको छ।
बिहीबार नेपाली बजारमा ९२ हजार रूपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि पनि ९२ हजार रूपैयाँ नै तोकिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य शुक्रबार एकै दिन ४० रूपैयाँ बढेको हो। बिहीबार प्रतितोला १२ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबारका लागि १२ सय ८५ रूपैयाँ कायम भएको छ।
प्रतिक्रिया दिनुहोस्