
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशीले नेकपाको सरकार बने देखि नै सहिदहरुको वलिदानबाट उपलब्धिमाथि प्रहार हुन थालेको बताउनुभएको छ ।
गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आज काठमाडौंको शोभा भगवतीमा आयोजना गरेको कार्यक्रममा उहाँले शहीदहरुको बलिदानले दिलाएको राजनीतिक स्थिरतालाई कुल्चदै ८० वर्षदेखि संघर्षको उपज संविधानवाद्लाई मारेर सर्वसत्तावाद लादेको आरोप लगाउनुभयो ।
प्रतिष्ठानको अध्यक्षसमेत रहनुभएका जोशीले राज्यको सबै संस्थाहरुमाथि निरन्तर आक्रमण गरेर प्रधानमन्त्री ओलीले राज्य सञ्चालन प्रणाली नै कमजोर बनाएको जिकिर गर्नुभयो ।
कार्यक्रममा शहीदहरु दशरथ चन्द र गंगालाल श्रेष्ठको शालिकमा माल्यार्पण गरिएको थियो । शहीदहरुको सपना पूरा गर्न र देशमा व्यक्तिवाद तथा स्वेच्छाचारिताको अन्त्य गर्न भन्दै आधा धण्टा धर्ना समेत दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्