१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्वाचन आयोगमा उपस्थित हुन थप समय माग्दै दाहाल-नेपाल समूहले लेख्यो पत्र


0
Shares

काठमाडौं । नेकपा दाहाल-नेपाल समूहले निर्वाचन आयोगमा उपस्थित हुन नसक्ने जनाएको छ । शुक्रबार आयोगले नेकपामा दुवै समूहलाई छलफल गर्न आयोगमा बोलाएकोमा दाहाल-नेपाल समूहले उपस्थित हुन नसक्ने बताएको हो ।

नेकपा दाहाल-नेपाल समूहले निर्वाचन आयोगमा उपस्थित हुन थप समय माग गरेको छ । अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपाल उपत्यका बाहिर रहेका कारण आयोगमा उपस्थित हुन नसक्ने जनाउँदै थप समय मागेको हो ।

त्यसको जवाफ दिँदै नेकपा दाहाल नेपाल समूहका कार्यालय सचिव श्रीराम ढकालले शुक्रबार आयोगलाई पत्र लेख्दै विरोध सभा सम्बोधन गर्न माघ १८ गतेसम्म दाहाल नेपालद्धय नै उपत्यका बाहिर जानुभएको जनाएको छ ।

पत्रमा लेखिएको छ, ‘अध्यक्षले नै आयोगसँग प्रत्यक्ष छलफल गर्न चाहानुभएकाले आज उपस्थित हुन सम्भव हुन नसकेको व्यहोरा अवगत गराउन चाहान्छु, साथै माघ १८ गते पश्चात उपयुक्त मिति र समयमा छलफलको आयोजना गर्न हुन अध्यक्षको निर्देशनअनुसार अनुरोध छ ।’

आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन र निर्वाचन तयारीका सम्बन्धमा भएका कामबारे छलफल गर्न नेकपा दुवै समूहलाई डाकेको थियो ।