१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


संसद् विघटन अदालतको मात्र विषय होइन– नेता सिटौला


0
Shares

रोमन आचार्य
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा विघटको विषय अदालतको मात्र नभएको टिप्पणी गर्नुभएको छ । शुक्रबार प्रतिनिधिसभा विघटनविरुद्धको सभामा बोल्दै नेता सिटौलाले भन्नुभयो, ‘यो अदालदतको मात्र विषय होइन, नेपाली जनतासँग जोडिएको विषय हो ।’

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असफल बनाएर प्रतिनिधिसभा पुनर्स्थापना गराउनुपर्ने नेता सिटौलाको भनाइ छ । नागरिक र पूरै देशको विषय भएकाले सम्पूर्ण नागरिकले यो विषयमा बोल्न पाउने उहाँको धारणा छ ।

‘पूर्व न्यायमूर्तिहरूले बोले मानहानी भयो भन्ने कुरा आयो , के अदालत भित्रकाले मात्र बोल्न पाउने हो ?’ उहाँल भन्नुभयो, ‘पूर्वप्रधानन्यायाधीश, नागरिक समाज ज–जसले बोले त्यो अदालतको अवहेलना होइन सम्मान हो, यो जनताको अधिकार हो ।’

संविधानलाई गतिशील बनाउन अदालतको कल्पना गरिएको स्मरण गर्दै नेता सिटौलाले अदालतलाई क्षमता प्रकट गरेर संविधानको रक्षा गर्दै जनविश्वास बटुल्ने अवसर प्राप्त भएको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रनितिधिसभा मात्र नभएर संविधान नै विघटनको अवस्थामा पुगेको बताउँदै नेता सिटौलाले यसले भविष्यमा ठूलो समस्या सिर्जना गर्ने उल्लेख गर्नुभयो । देश अहिले गम्भीर षड्यन्त्रको चक्रव्युहमा फसेको बताउँदै उहाँले संविधान नै विघटन भए फेरि कसले बनाउँछ ? भन्दै प्रश्न गर्नुभयो ।

प्रतिनिधिसभा विघटन तानाशाही र निरकुंशता पाल्ने षड्यन्त्र भएकाले जनताको अधिकार अन्त्य हुने तर्फ नगइ आत्मालोचना गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभएको छ ।