१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विश्व कीर्तिमानीहरूको सफलताको कथा


0
Shares

नारायणी लामिछाने (इमेज)
काठमाडौं । भनिन्छ, हरेक सफलताको पछाडि साहसिक कर्मको योगदान हुन्छ । त्यस्तै जोखिम मोल्दै गत माघ ७ गते नेपाली टोलीले हिउँदयाममा पहिलो पटक पाकिस्तानमा अवस्थित विश्वकै दोस्रो अग्लो के–२ हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम गरेको छ ।

देशको गौरव बढाउन हिउँ र चट्टानसँग ठोक्किँदै दिनरात नभनी हिँडेका आरोहण दलका सदस्यहरूसँगको यात्रा अनुभव निकै रोमाञ्चक छ । माघ ७ गते १० जना नेपाली टोलीले राष्ट्रिय गान गाउँदै विश्वकै दोस्रो अग्लो र आरोहणका लागि खतरनाक मानिने पाकिस्तानको के–२ हिमाल चढ्यो ।

योसँगै नेपाली टोली हिउँदमा के–२ चढ्ने पहिलो आरोहण दल बन्यो । अनि कायम भयो विश्व कीर्तिमान । ८ हजार ६ सय ११ किलोमिटर उचाइको हिमाल चीन–पाकिस्तान सीमामा रहेको छ । के–२ हिमाल आरोहणको नेतृत्व गर्नुभएका आरोही निर्मल पुर्जा व्यक्तिगत भन्दा पनि देशको लागि र नयाँ रेकर्ड बनाउनु जोखिम मोलेको बताउनुहुन्छ ।

विश्वकै कान्छो आरोही मिङमा डेभिड शेर्पा हिउँदमा के–२ हिमाल चढ्नु निकै जोखिम रहे पनि पहिलो नेपाली हुन पाएकोमा गौरव महसुस गर्नुहुन्छ । आरोही शेर्पा पाइला–पाइलामा देखिने चुनौती पन्छाउँदै जाँदा सफलता हात परेको बताउनुहुन्छ ।

हिमाल आरोहणमा विश्व कीर्तिमानीको देश नेपालका थुप्रै योद्धाहरूले संसारभरका चुचुरोमा पाइला राखेर नेपालीको शीर अझ उचो बनाएका छन् । ज्यान हत्केलामा राखेर देशको शान उचो बनाउने थुप्रै आरोहीको अझै पनि आर्थिक समस्यासँग जुधिरहेका छन् । उनीहरूको पीडालाई राज्य स्तरबाटै सम्बोधन गर्न सके नेपालको पर्यटन क्षेत्रले अझै ख्याती कमाउन सक्ने छ ।

भिडियो हेर्नुहोस्