१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दिल्लीस्थित इजरायलको दुतावासनजिकै बम विस्फोट


0
Shares

एजेन्सी । दिल्लीस्थित इजरायलको दुतावासनजिकै बम विस्फोट भएको छ ।

विस्फोटबाट ५ वटा कारमा नोक्सान पुगेको भारतीय मिडियाले जनाएको छ । घटनामा कोही पनि घाइते भएको खबर छैन । प्रहरीको टोली घटनास्थल पुगेर विस्फोटको पुष्टि गरेको छ ।

विस्फोट भएको स्थानबाट इजरायलको दुतावास १ सय ५० मिटरको दूरीमा छ । प्रहरीले अहिले घटनास्थललाई घेरेर राखेको छ । अनुसन्धान सुरु गरिएको दिल्ली प्रहरीका वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै आजतकले लेखेको छ ।