१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री कप क्रिकेटको फाइनल शनिबार, भेषावकर र भण्डारी ट्रफि उचाल्न उत्सुक


0
Shares

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल शनिबार कीर्तिपुर मैदानमा हुँदैछ ।

फाइनलमा विभागीय टिमहरू सशस्त्र प्रहरीको एपीएफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई र आर्मीले बागमती प्रदेशलाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन् ।

फाइनलको अघिल्लो दिन कीर्तिपुर मैदानमा उपाधि विजेताले प्राप्त गर्ने ‘ट्रफी’ सार्वजनिक गरिएको छ । एपीएफका कप्तान शरद भेषावकर र आर्मीका कप्तान विनोद भण्डारीले ट्रफी सार्वजनिक गरेका हुन् । सञ्चारकर्मीसँग अन्तर्क्रिया गर्दै दुवै टोलीका कप्तानले फाइनल उपाधि उचाल्न उत्सुक रहेको बताए ।

भेषावाकरले आफ्नो टोली उपाधिकाे भोको रहेको बताए ।

भण्डारीले विगतको नतिजालाई हेरर भन्दा पनि आगामी दिनका लागि खेल्नु पर्ने बताए । लिगका खेलमा भएका कमीकमजोरीलाई सुधार गर्दै उपाधि उचाल्ने लक्ष्यका साथ शनिबार मैदानमा प्रवेश गर्ने उनको भनाइ छ ।

समूह चरणको खेलमा भने एपीएफले आर्मीलाई ६ विकेटले हराएको थियो । चार संस्करणमा आर्मी र एपीएफ तीन पटक आमने सामने हुँदा एपीएफ हावी बनेको छ । प्रतियोगिताको उपाधि विजेताले १० लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ जित्नेछ ।