२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


तल्लो अरुण आयोजना निर्माणको जिम्मा पनि सतलजलाई


0
Shares

काठमाडौं । ६ सय ७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजना निर्माणका लागि भारतीय कम्पनी सतलज जलविद्युत निगम (एसजेभिएन) छनोट भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा लगानी बोर्डको ४६ औं बैठकले संखुवासभा र भोजपुरमा बन्न लागेको आयोजनाको सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणामा अनुसार सतलज छनौट गरेको हो ।

पीपीई अवधारणा अनुसार निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा काम अघि बढाउन बोर्डले अन्तर्राष्ट्रिय प्रतिष्पर्धाका आधारमा उक्त कम्पनी छनौट गरेको हो ।

९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीले अरुण तेस्रो निर्माण सुरु गरेको छोटो समयमै करिब ५० प्रतिशत काम सम्पन्न गरिसकेको छ । अरुण तेस्रो आयोजनाबाट विद्युत उत्पादन गरेर निस्कने पानीलाई प्रयोग गरेर तल्लो अरुणबाट समेत विद्युत उत्पादन गर्न सकिने छ ।

बोर्डको बैठकमा प्रधानमन्त्री ओलीले विद्युत उत्पादनसँगै खपतको पनि योजना बनाइ त्यसका लागि पूर्वाधार निर्माण आयोजनाहरू समयमै सम्पन्न गर्न सरोकारवाला निकायलाई निर्देशन दिनुभयो ।