
एजेन्सी । संसारका महंगा–महंगा रक्सीका शौखिन मानिसहरू पनि छन् । तर के तपाईंले ८ लाख रुपैयाँमा एक बोत्तल पाइने रक्सीको बारेमा सुन्नुभएको छ ? हङकङमा भएको एक लिलामीमा ग्लेन ग्रान्ट ह्विस्कीको मूल्य एक बोत्तलको ६ लाख ११ हजार रुपैयाँमा बिक्री भएको छ ।
८ लाख रुपैयाँ बोत्तलको उक्त रक्सी ७२ वर्ष पुरानो भएको समाचारमा उल्लेख छ । १९४८ मा बनेको उक्त रक्सीको बोत्तललाई लिलामीमा राखिएको यो पहिलोपटक हो । स्कटल्याण्डको ग्लेन ग्रान्ट सिंगल माल्ट ह्विस्की ५४ हजार हङकङ डलर अर्थात ८ लाख ११ हजार ४ सय नेपाली रुपैयाँमा बिक्री भएको हो ।
रक्सी बेच्ने व्यक्तिलाई भने यो मूल्य अझ थोरै लागिरहेको छ । उनले ३ लाखदेखि ३ लाख ८० हजार हङकङ डलरसम्ममा रक्सी बिक्री हुने अपेक्षा गरेका थिए । मदिरा विशेषज्ञ क्रिस्टोफर पोङले पछिल्ला केही वर्षहरूमा पुराना रक्सीहरूको मूल्य १० वर्षको तुलनामा ४ गणासम्म महंगो भएको छ ।
शुक्रबार गरिएको लिलामीमा ३५ वर्ष पुरानो अर्को ह्विस्कीको ३ लाख ७२ हजार हङकङ डलरमा बिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्