१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाविरुद्धको खोपले असर देखियो, ढुक्क भएर खोप लगाउन सरकारको आग्रह


0
Shares

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा केही व्यक्तिमा सामान्य असर देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले खोप लगाएपछि केही व्यक्तिमा सामान्य असर देखिएको जानकारी दिनुभयो ।

सहप्रवक्ता अधिकारीले ती व्यक्तिमा देखिएको असर केही समयपछि आफँै हराएर जाने गरेको बताउनुभयो । खोप लगाएको ठाउँ रातो हुने, सुन्निने, चिलाउने, टाउको दुख्ने, जस्ता सामान्य असर देखिएको छ । उहाँले खोपले काम गर्न थालेपछि त्यस्ता सामान्य असर देखिने देखिने भन्दै कसैलाई दुई–तीन घण्टामा केहीलाई एक–दुई दिनमा निको हुने बताउनुभयो ।

डा. अधिकारीले कसैलाई पनि हालसम्म जटिल स्वास्थ्य समस्या भने नदेखिएको बताउनुभयो । मन्त्रालयले सबैलाई ढुक्क भएर खोप लगाउन अनुरोध गरेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म देशभरी १ सय ६९ खोप केन्द्रबाट ४६ हजार १ सय ९७ जनाले लगाएका छन् । भारत सरकारले सहयोग स्वरुप दिएको १० लाख डोज खोप बुधबारदेखि लगाउन थालिएको हो ।