१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तीन वर्षमा नेपालको नियात दोब्बर बनाउने महासंघको योजना


0
Shares

काठमाडौं । निर्यात व्यवसायी महासंघले आगामी तीन वर्षमा नेपालको निर्यात दोब्बर गर्ने रणनीतिक योजना तयार पारेको जनाएको छ ।

शनिबार काठमाडौंमा आयोजित प्रथम वार्षिकोत्सव कार्यक्रममा महासंघका अध्यक्ष रामबहादुर गुरुङले महासंघसँग आबद्ध सबै पक्षसँग अन्तरक्रिया गरी तीन वर्षे रणनीतिक योजना तयार पारिएको जानकारी दिनुभयो ।

महासंघले आगामी तीन वर्षमा नेपालको निर्यात १ खर्बबाट २ खर्बमा पुर्‍याउने रणनीति बनाएको र आगामी पाँच वर्षमा ७ खर्ब पु¥याउने लक्ष्य राखेको उहाँको भनाइ थियो ।

महासंघले सरकार र व्यवसायीहरूबीच समन्वय गरी निर्यात व्यवसायीको संरक्षण गर्ने काम गर्दै आएको पनि अध्यक्ष गुरुङले बताउनुभयो ।