१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


थप १ सय ९ जनामा कोरोना, २ जनाको मृत्यु


0
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ६ सय १८ जनाको पीसीआर परीक्षण गर्दा २४ घण्टामा १ सय ९ जनामा कोरोना पुष्टि भएको हो । योसहित अहिलेसम्म नेपालमा संक्रमित हुनेको संख्या दुई लाख ७० हजार ८ सय ५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ५० जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ६६ हजार ४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २७ पुगेको मन्त्रालयले छ । नेपालमा हाल २ हजार ७ सय ७९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।