१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


प्रिमियर लिगमा म्यान्चेस्टर सिटीद्धारा शेफिल्ड युनाईटेड पराजित


0
Shares

काठमाडौं । शेफिल्ड युनाईटेडलाई १–० ले हराउँदै म्यान्चेस्टर सिटीले इंग्लीश प्रिमियर लिग फुटबलको अंक तालिकामा ३ अंकको अग्रता लिएको छ ।

गएराति भएको खेलमा शेफिल्डविरुद्ध म्यान्चेस्टर सिटीलाई विजयी गराउन ग्याब्रियल जिससले निर्णायक गोल गरे ।

जितसँगै सिटीले अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडसँग ३ अंकको अग्रता लिएको छ ।

२० खेलबाट म्यान सिटीको ४४ अंक भएको छ भने एक खेल बढी खेलेको म्यान्चेस्टर युनाईटेडको ४१ अंक छ ।

म्यान्चेस्टर युनाईटेडले गएराति भएको खेलमा आर्सनलसँग गोलरहित बराबरी खेल्यो ।

प्रिमियर लिगकै अन्य खेलहरुमा न्युकासल युनाईटेडले एभर्टनलाई उसैको मैदानमा २–० ले हराउँदा क्रिष्टल प्यालेसले वुल्भरह्याम्पटन वान्डरर्सलाई तथा एस्टन भिल्लाले साउथह्याम्पटनलाई १–० ले हराएका छन् ।

वेष्ट ब्रोम र फुल्हमबिचको खेल भने २–२ गोलको बराबरीमा सकिएको छ ।

एजेन्सी