
पश्चिम नवलपरासी । कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न सुनवल नगरपालिकास्थित स्वाठी कृषि सहकारी संस्थालाई कृषि यन्त्र र उपकरण सहयोग उपलब्ध गराइएको छ । सहमति संस्था गैंडाकोटको समावेशी ग्रामीण विकास परियोजनाअन्तर्गत सहकारी संस्थालाई विभिन्न अपकरण उपलब्ध गराइएको हो ।
सहकारीलाई धान र गहुँ काट्ने कम्वाइन हारभेष्टर, आलु रोप्ने मेसिन, रोटाभेटर, पोटेटो हारभेष्टर ट्याक्टर, ट्याक्टर ट्रलीसहित ६७ लाखको कृषि उपकरण सहयोग उपलब्ध गराएको सहमति संस्थाका अध्यक्ष करुणा सागर सुवेदीले जानकारी दिनु भयो ।
नगरपालिकामार्फत सहकारी संस्थालाई कृषि यन्त्र हस्तान्तरण गर्दै अध्यक्ष सुवेदीले आधुनिक कृषि प्रणालीलाई प्रोत्साहन गरी कृषकहरूलाई व्यवसायिक बनाउन यन्त्र सहयोग गरिएको बताउनुभयो ।
संस्थाको यस परियोजनाले पूर्वी र पश्चिम नवलपरासीका ६ पालिकाका कुल १३ वटा वडामा रहेका कृषकहरूको आय आर्जनमा वृद्धि गरी जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले व्यवसायिक पशुपालन, कृषि, सिँचाइलगायतका क्षेत्रमा सहयोग गर्दै आएको परियोजनाका सल्लाहकार भीम प्रसाद शर्माले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्