१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश १ को प्रदेशसभा बैठक २५ गते बस्ने, मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने


0
Shares

काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक २५ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै २५ गते बैठक बस्ने जानकारी दिएको हो ।

यसअघि माघ ७ गते प्रदेशसभा बैठक सुरु भएलगत्तै स्थगित गरिएको थियो । अब बस्ने बैठकमा मुख्यमन्त्री सेरधन राईविरुद्ध दर्ता गरीएको अविश्वासको प्रस्तावमाथि छलफल हुने छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशको बैठक २६ गतेदेखि सुरु हुने भएको छ । सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले माघ २६ गते हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । गत साउन ३१ गते प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी भित्र विवाद चुलिएको छ । त्यसको असर प्रदेश सभामा पनि देखिएको छ ।