
एजेन्सी । अनुष्का शर्मा र विराट कोहलीले ११ जनवरीमा आफ्नी छोरीलाई संसारमा स्वागत गरे । अब अनुष्काले छोरीको पहिलो फोटो सेयर गर्दै आफ्नो छोरीको नाम शुभचिन्तकलाई बताएकी छन् । अनुष्काले इंस्टाग्राममा एउटा पोस्ट राख्दै छोरीको नाम वामिका राखिएको जानकारी दिएकी हुन् ।
अनुष्काले फोटो सेयर गर्दै लेखिन्, ‘हामी माया र आभारको साथमा आफ्नो जीन्दगी जिउँदै आएका छौं, तर यी सानी वामिकाले जीवनलाई छुट्टै तहमा पुर्याइदिइन् । आँशु, हाँसो, खुसी र चिन्ता… कहिलेकाहीँ यी भावनाहरू केही मिनेटमै महसुस हुन्छन् । निन्द्रा भागेको छ तर हाम्रो मन भरिएको छ । तपाईंहरूको शुभकामना, प्राथना र सकारात्मक उर्जाको लागि धन्यवाद ।’
अनुषकाको यो पोस्ट अघि विराट कोहलीले आफूहरूको छोरी भएको खुसीको खबरको जानकारी दिएका थिए । वामिकाको जन्म मुम्बईको ब्रीच अस्पतालमा भएको हो । विराटको पोस्टपछि उनका शुभचिन्तकले उनीहरूलाई बधाई दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्