
फाइल तस्वीर ।
काठमाडौं । कारोबार हुने साताको तेस्रो दिन सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य केही घटेको छ । मंगलबार चाँदी तोलामा २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ९२ हजार ६ सय रुपैयाँमा किनबेच हुँदा तेजाबी सुन ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य तोलाको १ हजार ३ सय ८० रुपैयाँमा तोकिएको छ ।
सोमबार चाँदी तोलाको १ हजार ४ सय रुपैयाँ तोलामा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्