
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कमल पोखरी निर्माण कार्य गुरुयोजना अनुरूप नै भएकोले विरोध गर्नुपर्ने कारण नभएको जनाएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीले कमल पोखरीको संरक्षण गर्नका लागि गुरु योजना बनाएर निर्माण कार्य गरिरहेको र कमल पोखरीको जग्गामा अनाधिकृत रूपमा बनाइएको स्पोर्टस् क्लब र राधेराधेको भवन हटाएकाले त्यसको विरोध गर्नुपर्ने कारण नभएको बताउनुभयो । उक्त भवनहरू नक्सा पास गरेर स्वीकृति नलिइ बनाइएको उहाँको भनाइ छ ।
कमल पोखरीको जग्गामा बसिरहेका नेपाल प्रहरी र ट्राफिक प्रहरी भने काठमाडौं महानगरपालिको अनुरोधमा छोडेको अधिकृत ज्ञवालीले बताउनुभयो । स्पोर्टस् क्लव र राधेराधेको भवन अनाधिकृत रूपमा निर्माण भएको सूचना तथा प्रतिवेदन महानगरपालिकाले प्राप्त गरेपछि त्यहाँबाट भवन हटाइएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्