
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले निर्वाचन आयोग समक्ष पार्टीको आधिकारिकता दावी गरेको छ ।
मंगलबार नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल लगायतको नेताहरूको टोली निर्वाचन आयोग पुगि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आधिकारिकता दाबी गरेका हुन् ।
नेकपा प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले पार्टीको ७० प्रतिशतभन्दा बढी केन्द्रीय कमिटी सदस्यहरूको उपस्थितिमा बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय, तथ्य, प्रमाण र नेकपाको विधान लगायतका सबैकुरा राखेर दावी प्रस्तुत गरिएको जानकारी दिनुभयो । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार दुई अध्यक्ष रहेको पार्टी नै आधिकारीक पार्टी भनेर दाबी प्रस्ुतत गरेको उहाँको भनाइ छ ।
दल विवादको निरुपण नभइ कुनै पनि चुनाव सम्पन्न हुन नसक्ने भन्दै वरिष्ठ नेता खनालले दलको विवाद समाधान गर्नु निर्वाचन आयोगको पहिलो प्राथमिकता रहको बताउनुभयो । दल ऐनमा टेकेर आयोगले पार्टीको निर्णय र विधानको आधारमा ठोस निर्णय गर्नुपर्ने उहाँको भनाइ छ । पार्टीको आधिकारिकता आफूहरूले पाउने उहाँको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्