१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संवैधानिक अयोगको नियुक्ति र शपथ रोक्न सर्वोच्चमा रिट


0
Shares

supreme court nepal

काठमाडौं । संवैधानिक आयोगमा नियुक्ति र शपथ ग्रहण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार संवैधानिक आयोगको नियुक्ति र सपथ रोकिपाऊँ भन्ने रिट सर्वोच्च अदालतमा पेश गर्नु भएको हो । निवेदक त्रिपाठीले रिटमा प्रतिषेध, उत्प्रेषण तथा परमादेश लगायत अन्य उपयुक्त आदेशको माग गर्नुभएको छ ।

रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र प्रधानमन्त्री, संवैधानिक परिषद्का अध्यक्ष, सभामुखलाई विपक्षी बनाइएको छ । निवेदनमा गत मंसिर ३० गते संवैधानिक परिषद्को बैठक बसेर विभिन्न आयोगहरुमा नियुक्तिका लागि गरेको सिफारिस नियुक्ति रोक्न माग गरिएको छ ।