
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको लामो समयसम्म सञ्चालनमा नआएको फेसबुक पेज सञ्चालनमा आएको छ ।
मंगलबार फेसबुकमार्फत दाहाल–नेपाल समूहले लाइभ गरेको छ । लाइभमा दाहाल–नेपाल समूहको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आन्दोलनका बारेमा जानकारी दिएका छन् ।
अब हरेक दिन ३ बजे फेसबुक पेजमार्फत लाइभमा उपस्थित हुने पार्टीको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
नेकपा विभाजनपछि नेकपाको आधिकारिक सम्पत्तिमा कसको अधिकार भन्ने अझैसम्म अन्योल छ । पार्टीको आधिकारिकता नटुङ्गिएसम्म बैंक खाता समेत रोक्क गरिएको छ । पार्टी कार्यालय पनि ओली र दाहाल–नेपाल समूहले भाग लगाइसकेका छन् ।
दाहाल–नेपाल समूहको बैठक पूर्व माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गुरेको छ । धुृम्बाराही स्थित पार्टी कार्यालयमा भने ओली समूहले ताल्चा लगाएर कब्जा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्