
काठमाडौं । काठमाडौं महानगरपालिका र नेपाल क्रिकेट संघ क्यान बीच मेयर कप–२०७७ आयोजनाको सम्झौता भएको छ ।
चैत्र मसान्त भित्र प्रतियोगिता सम्पन्न गर्ने गरी भएको सम्झौता अनुसार महानगरपालिकाले आयोजक क्यानलाई ५० लाख रुपैयाँ सहयोग गर्ने छ ।
काठमाडौंको भएको कार्यक्रममा क्यानका अध्यक्ष र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको रोहबरमा सम्झौता गरेका हुन् ।
क्यानका अध्यक्ष चतुर बहादुर चन्दले महानगरपालिकाको सहयोग सुरुवात भएको र यस्ता प्रतियोगिताले खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाउन अभ्यास हुने बताउनुभयो ।
सम्झौता अनुसार महानगरपालिकाले क्यानलाई पहिलो किस्ता अनुसार ६० प्रतिशत रकम उपलब्ध गराउनेछ भने प्रतियोगिता सम्पन्न भइसकेपछि ४० प्रतिशत उपलब्ध गराउनेछ ।
एक दिववसीय संरचनामा हुने प्रतियोगिता कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्