
काठमाडौं । दाहाल–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संवैधानिक नियुक्तिको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।
बुधबार राष्ट्रपति निवास शितल निवासमा संवैधानिक अंगहरूमा नियुक्त गरेका पदाधिकारीहरूकाे सपथग्रहण लगत्तै दाहाल–नेपाल समूहले थप आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको हो ।
यसअघि नै दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरुद्धमा देशव्यापी आन्दोलन गर्दै आएकाे छ । जस अन्तर्गत माघ २८ गते काठमाडौंमा बृहत आमसभा हुँदैछ ।
असंवैधानिक तरिकाले संवैधानिक नियुक्ति र सपथ गरिएको विरोधस्वरूप आन्दोलनका कार्यक्रम तय गर्न लागिएको दाहाल–नेपाल समूहका एक केन्द्रीय कमिटी सदस्यले जानकारी दिए ।
समूहले आन्दोलनका कार्यक्रम तथा थप विषयमा जानकारी दिन बुधबार २ बजे आकस्मिक पत्रकार सम्मेलन गर्दैछ ।
प्रतिक्रिया दिनुहोस्