
काठमाडौं । राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले मुस्लिम समुदायको हकहित र अधिकारको निम्ति सामुहिक रूपले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बुधबार राष्ट्रिय मुस्लिम आयोगका नवनियुक्त दुई सदस्यलाई कार्यालयमा स्वागत गर्दै अध्यक्ष अन्सारीले संविधानमा उल्लेख गरेअनुरूपको मुस्लिम आयोगको उद्देश्य पुरा गर्न तथा मुस्लिम समुदायको हकहित, अधिकार र सशक्तिकरणका लागि सामुहिक रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
लामो समयदेखि मुस्लिम समुदायको हकहितको निम्ति काम गर्नेहरू आयोगको सदस्य भएर आएको भन्दै उहाँले आगामी दिनमा मुस्लिम समुदायको हितमा बढीभन्दा बढी काम गर्ने बताउनुभयो ।
बुधबार विभिन्न संवैधानिक निकायका सदस्यहरूले सपथ ग्रहण गरेसँगै आ–आफ्नो कार्यालयमा उपस्थित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्