१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


१ लाख ४५ हजारले लगाए कोरोना खोप, स्वास्थ्यमा देखिएको समस्याबारे मन्त्रालय मौन


0
Shares

काठमाडौं । नेपालमा बुधबार दिउँसोसम्म १ लाख ४५ हजारभन्दा बढीले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका अनु्सार १ बुधबार दिउँसो ४ बजेसम्म १ लाख ४५ हजार ८ सय ४४ जनाले खोप लगाएका छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा २० हजार १ सय ५५, प्रदेश २ मा १९ हजार ६ सय ६३, बागमतीमा ५० हजार ७ सय ५०, गण्डकीमा १६ हजार ४ सय ९५, लुम्बिनीमा २१ हजार ४ सय ५४, कर्णालीमा ७ हजार ३ सय २६ र सुदूरपश्चिम प्रदेशमा १० हजार १ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

सरकारले कोरोना खोप लगाउन सुरु गरेको ८ दिन भएको छ । आठौं दिनसम्म आइपुग्दा खोप लगाउँदा केहीलाई भने समान्य समस्य देखिएको छ । यद्यपि मन्त्रालयले भने स्वास्थ्यम समस्या देखिएको बारेमा जानकारी गराएको छैन ।

सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शवबाहन चालक, शव व्यवस्थापनमा खटिएका तथा फ्रन्टलाइनमा काम गर्नेहरूलाई खोप लगाइरहेको छ । पहिलो खोप लगाएको १५ दिनपछि दोस्रो डोजको खोप लगाउनुपर्ने मन्त्रालयले जनाएको छ ।