
काठमाडौं । नायक अनमोल केसी पछिल्लो समय मिडियामा देखिएका छैनन् । चलचित्र आउँदा मात्र मिडियामा आउन रुचाउने उनी अहिले घरमै छन् । कोरोना भाइरसको महामारी अघि पनि खासै बाहिर आउन नचाहने उनी अहिले पनि घरबाहिर निस्कन खासै रुचाउँदैनन् ।
मिडियामा नआए पनि उनी सामाजिक सञ्जालमा भने सक्रिय छन् । उनको सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरूलाई आफ्ना दैनिक क्रियाकलाप सेयर गरिरहेका हुन्छन् । उनले बुधबार आफ्ना केही गतिविधि इन्टाग्राममा सेयर गरेका छन् ।
अनमोलले इंस्टाग्रामको स्टोरीमा दुई कुकुरसँग खेलिरहेका छन् । उनले स्टोरीमा राखेको एउटा कुकुरको नाम ‘कोको’ र अर्कोको नाम ‘कोला’ लेखका छन् । पहिलो स्टोरीमा कोकोलाई छुर्पी खुवाउँदै गरेका अनमोलले दोस्रो स्टोरीमा ‘कोको लभ कोला’ उल्लेख गरेका छन् ।
‘ए मेरो हजुर ४’को सुटिङमा व्यस्त रहेको अनमोल लकडाउन भएपछि घरमै बस्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्