
काठमाडौं । नायिका वर्षा शिवाकोटीले देशले चाँडै नै समृद्धिको बाटो पछ्याउने विश्वास व्यक्त गरेकी छन् । नेकपाको दाहाल–नेपाल समूहले घोषणा गरेको आमहड्तालको पूर्व सन्ध्यामा उनले राजनीतिको यस्तो रुप देखिरनह नपर्ने आशा व्यक्त गरेकी हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टास लेख्दै नायिका शिवाकोटीले राजनीतिमा एकअर्काको अपमान गर्नु, व्यक्तिगत आक्रमण गर्नु, लाञ्छना लगाउनु सामान्य भएको देख्दा दुःख लाग्ने बताएकी छन् ।
उनले भनेकी छन्, ‘सम्मानजनक राजनीति, जहाँ विपक्षीको विचारको आलोचना मात्र हैन, विवेकपूर्ण विश्लेषण र विमर्श होस् । राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा होस् । जनताको मतको मान होस् । कामप्रति निष्ठा र ईमानदारीता होस् । यस्तो राजनीति आज कल्पनामा मात्र सिमित रह्यो ।’
नायिका शिवकोटीले देश र जनताको हितको लागि गरिने राजनीति पद, पैसा र निजी स्वार्थले दूषित बनाएको प्रष्ट देखिएको धारणा राखेकी छन् । साथै उनले यसरी समृद्ध नेपालको अवधारणा कसरी सफल हुन्छ भन्दै प्रश्न गरेकी छन् ।
उनी अन्तिममा लेख्छिन्, ‘आशा छ, राजनीतिको यो रूप देखिरहन नपरोस् र विश्वास छ, देशले चाडैं नै समृद्धिको बाटो पछ्याउनेछ ।’

प्रतिक्रिया दिनुहोस्